सुशासन, शान्ति सुव्यवस्था र समृद्धिका लागि प्रतिबद्धता



विराटनगर, १८ फागुन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  फागु पर्वले नेपालीमा सुखशान्ति, सुस्वास्थ्य, एकता सद्भाव, मेलमिलाप र अक्षुण्णता कायम राख्नमा सफल होस् भनी कामना प्रकट गर्नुभएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायत प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइराला, प्रदेशसभा सदस्यका साथै सञ्चारकर्मी, उद्योगपति, समाजसेवीलाई अवीर दलेर होली पर्वको शुभकामना दिँदै सुशासन, शान्ति सुव्यवस्था र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्