नेपालमा लगानी गर्न चेम्बरको आग्रह



काठमाडौँ, १५ फागुन

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

नेपालका लागि पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा आज चेम्बर अफ कमर्सले आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष श्रेष्ठले नेपालको पर्यटन, उद्योगलगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने बताउँदै नेपालमा लगानीको वातावरण बनाउन लगानी बोर्डसँंग पनि पटकपटक छलफल चलेको जानकारी दिनुभयो ।

नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिनसमेत उहाँले राजदूत बुराकोस्कीसंग आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत बुराकोस्कीले नेपालको विकास र समृद्धिका लागि पोल्याण्ड सरकारले नेपाल सरकारसँग सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्