वासु शशी पुरस्कार जोशी, शर्मा र प्रेरणालाई



काठमाडौँ, १० फागुन

वासु शशी स्मृति परिषद्ले कवि कृष्ण जोशीलाई ‘वासु शशी साहित्य सम्मान–२०७३’ र साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ ।

दुवै स्रष्टाले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर योगदान पुर्याउदै आउनुभएको छ ।

यसैगरी कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई ‘वासु शशी साहित्य पुरस्कार–२०७३’ र साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गर्ने भएको छ । ती सम्मान र पुरस्कारको राशि जनही १५ हजार छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई पुरस्कार दिने निर्णय गरेको परिषद्का सचिव प्रद्युम्न जोशीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

कवि एवं नाटककार वासु शशीको ८२ औँ जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते सो पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्