पुष्पलाल र मनमोहन पदभन्दा माथि थिए : के पी ओली



ललितपुर, ४ फागुन

प्रधानमन्त्री के पी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गरेका छन् ।

मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताए । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उनले भने, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व थिए, उनले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाडे । ”

प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गरे । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा(एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्