जनकल्याण मा.वि.का विद्यार्थीले बनाए तिन रोवर्ट



एटम शर्मा / काठमाडौं, ३ फागुन २०७४

काठमाडौं जिल्ला स्थित जनकल्याण मा.वि. महांकालमा अध्ययनरत विद्यार्थीहरुले रोवर्ट बनाएका छन् । कक्षा ९ मा अध्ययनरत विश्वजित श्रेष्ठ, प्रविन राई र सुजन गुवाजुले छुट्टाछुट्टै तीनवटा रोवर्ट बनाएका हुन् । विद्यार्थीहरुले उक्त रोवर्ट विद्यालय परिसरमा लगेर परिक्षण पनि गरेका छन् ।

तिन दिनको कडा प्रयासपछि उक्त रोवर्ट बनाउन सफल भएको विद्यार्थीहरुले बताए । कक्षा ९ का विद्यार्थी विश्वजित श्रेष्ठले फ्रोर क्लिनिंग मेसिन बनाएका हुन् । त्यसैगरी ९ कक्षाकै प्रविन राईले वाकिंग रोवर्ट बनाएका छन् भने ९ कक्षाकै अर्का विद्यार्थी सुजन गुवार्जुले हाइडोलिक प्रेस बनाएका हुन् ।

आफ्नो विद्यालय र घरपरिवार दुबैबाट उत्तिकै सपोर्ट पाएको हुँदा आफुहरुलाई रोवर्ट निर्माण गर्न हौसला मिलेको विद्यार्थीहरुको भनाई रहेको छ । पत्रपत्रिका र युटुवमा देखेर रोवर्ट बनाउने इच्छा पलाएको बताउने उनीहरुले रोवर्ट छुट्टाछुट्टै बनाए पनि बनाउनु पूर्व एक आपसमा सल्लाह गरेरै सुरुवात गरेको विज्ञान शिक्षक वालेन्द्र प्रसाद भट्टले बताउए ।

यसलाई अझ विकास गर्दै लैजाने सोचमा छौ जसमा हामीलाईपनि गर्व महसुस भएको हुँदा सहयोग गर्न तत्पर रहेको विद्यालयका बिज्ञान शिक्षक रमेश नेपालले बताए ।

आफुसंग भएको सिप प्रष्फुटन गर्ने उदेश्यका साथ विद्यार्थीहरुले रोवर्ट बनाएकोमा विद्यालय र आफु धेरै खुसी रहेको र उनीहरुको यो कामको उच्च मुल्यांकन गर्दै हौसला प्रदान गर्न विद्यालयमा सुरक्षितरुपमा राखिने विद्यालयका प्राचार्य कुमारी कमला राईले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्