बाल गृहमा पहिलो पटक कन्सर्ट



१ फागुन, २०७४

काठमाण्डौ, बाल अपाङ्ग टेवा संस्थाको प्राङ्गणमा बालबालिकाहरुलाई मनोरञ्जनका लागि गत हप्ता पहिलोपटक कन्सर्ट आयोजना गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ किलर ब्रान्डले टेवाका बालबालिका तथा स्थानीयलाई रक एण्ड रोल तथा हाँस्यात्मक कलाहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

सिन्धुपाल्चोक घर भई हाल बुनपा १२ मा बस्तै आएकी सम्झना तामाङलाई उनको सारिरिक अपाङ्गता कारण हिडडुल गर्न नसक्ने भएकोले उनलाई व्हील चेयर र वोर्कर प्रदान गरिएको थियो । बाल्यकालमा उनको स्वास्थ्य राम्रो भएपनि  १५ वर्षको उमेरमा उच्च रत्तचापको कारण प्यारालाईसिस भएको थियो । ७ वर्ष देखि पिडित छोरीको उपचारमा गाउँमा भएको एउटा घर समेत बेचेर उनको उपचार गरिरहेको उनकी आमाले बताईन् । थप उपचारको लागि सहयोग गर्न चाहानु हुने दाताहरुलाई सहयोगको अपिल समेत उनकी आमाले गरेकी छन् ।

कार्यक्रममा टेवाका बालबालिकाहरुले नृत्य र गीत समेत प्रस्तुत गरेका थिए । साथै नेपाल स्वस्तिक सहयोगी हातहरुकी अध्यक्ष सुप्रिया प्रजापती र उपाध्यक्ष दिनेश लगायत अन्य सदस्यहरु आएर आफैले संस्थाका बालबालिकाहरुलाई खाना समेत ख्याएको  टेवाका अध्यक्ष डेण्डी शेर्पाले परिवर्तन खवरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्