​यसरी थाहा पाउन सकिन्छ क्यान्सरको सुरुवाती लक्षण



अचानक तौल घट्नु
कहिले कहिं तौल घटबढ हुन्छ । खानपान, शारीरिक क्रिया आदिले गर्दा तौल घट्ने र बढ्ने हुनु स्वभाविक हो । तर, बिना कारण निरन्तर तौल घट्यो भने यो राम्रो संकेत होइन । यो क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।

रक्तश्राव
मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

स्तनमा परिवर्तन
छातीको क्यान्सर महिलाको लागि सबैभन्दा बढी हुने र सताउनेमा पर्छ । विश्वमा धेरै महिला छातीको क्यान्सर भएर मर्ने गरेका छन् । यद्यपी यसले पुरुषलाई पनि सताउन सक्छ । यदि स्तनमा केही परिवर्तन देखियो भने त्यसमा शंका गर्नुपर्छ । स्तनमा गाँठो आयो, निप्पलको रंग बदलियो, निप्पल चिलाउन थाल्यो भने परीक्षण गराउनुपर्छ ।

यद्यपी सबै अवस्थामा क्यान्सर नै हुन्छ भन्ने छैन । हर्मोनल परिवर्तनले पनि यस्तो समस्या ल्याउन सक्छ ।

पिसाबमा समस्या
उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक–पटक पिसाब लाग्छ । तर कहिले कहिं यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

थकान
सामान्यत कामको चाप हुँदा हामी थाक्छौ । शारीरिक क्रिया बढी गर्नुपर्दा थकान अनुभव हुन्छ । तर कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

दिसा पिसाबमा रगत
यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसलाई सामान्य नठानौं । यो क्यान्सरको लक्षण पनि हुनसक्छ । खासगरी मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

ज्वरो
लामो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । हुन त सामान्य अवस्थामा पनि कहिले काहिं ज्वरो आउँछ । कुनै शारीरिक समस्यामा ज्वरो आउँछ । केही दिनसम्म ज्वरो निको हुँदैन । तर, त्यो क्रम निरन्तर लम्बियो भने चिन्ताको विषय हो । किनभने यसले रक्त क्यान्सरको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्