यस कारण ! धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागि हानिकारक



१. पाइल्स
चिसो पानीले मललाई जमाउने काम गर्छ । यसकारण पाचनप्रणालीमा यसले समस्या पैदा गर्ने काम गर्छ । मललाई राम्रोसँग नसर्दा शरिरले स्वस्थ भएको अनुभव गर्न पाउँदैन । यसैका कारण अन्य रोगको कारण पनि बन्न सक्छ ।

२. मुटु सम्बन्धि रोग
चिसो पानीका कारण ब्लड नभ्र्स सिकुड हुन्छ । मुटुलाई रगत प्रवाह गर्नका लागि धेरै मेहनत गर्नुपर्छ । यसका कारण मुटुमा जोर पर्ने गर्छ । मुटुको धड्कनमा समस्या देखिन थाल्छ । यसका कारण हाइ ब्लडप्रेशर हुने वा हार्टअट्याक समेत हुने गर्छ ।

३. तौल बढ्ने
खाना खाने बित्तिकै तुरुन्त चिसो पानी पिउनाले पाचनप्रणालीलाई समस्या पार्छ । यसका कारण हाम्रो मेटाबालिजममा नराम्रो असर पार्ने काम गर्छ । शरिरमा बोसो समेत जम्न थाल्छ ।

४. पोषकतत्वको कमी हुन्छ
जब तपाई चिसो पानी पिउनुहुन्छ यसले खाएको खाना जमाउने काम गर्छ । शरिरमा अन्य कामका लागि धेरै उर्जा खर्च हुनेगर्छ । यो उर्जा खाने गरेको भोजनबाट प्राप्त हुनेगर्छ । तर, पेटमा खाना जमेपछि आवश्यक उर्जा शरिरले पाउन सक्दैन ।

५. पाचन समस्या
चिसो पानी पिउनाले शरिरको नभ्र्स सिकुड हुन्छ । यसका कारण पाचनप्रणाली कमजोर हुने गर्छ । कब्जियत, नराम्रो डकार र एसिडिटी हुन जान्छ ।

६. छाती दुख्ने गर्छ
गर्मीमा बाहिरबाट आएर एक्कासी चिसो पानी पिउँदा यसले शरिरको तापक्रममा घटाउने गर्छ । यसले छातीमा कफ जमाउने काम गर्छ । यसका कारण घाँटी दुख्ने समेत गर्छ ।

७. टाउको दुख्ने गर्छ
चिसो पानी पिउनाले शरिरको तापक्रम अचानक परिवर्तन हुन्छ । यसको असर सिधा दिमागमा पर्ने गर्छ । यसका कारण टाउको दुख्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्