बुढानिलकण्ठ नगरपालिकामा टेवा संस्थाद्धारा नयाँ कामको थालनी



काठमाडौँ,  २९ माघ

बाल अपाङ्ग टेवा संस्थाले बुनपा वडा नं ११, १२ र १३ का नवनिर्वाचित प्रतिनिधिलाई राखेर वडा नं. ११ मा रहेका ६० वर्ष भन्दा बढी उमेर समूहका १९० वृद्धवृद्धाहरु रहेको जानकारी आज एक कार्यक्रम आयोजना गरी दियो ।

संस्थाले गरेको अध्ययन प्रतिवेदन अनुसार वडामा १०० महिला र ९० जना पुरुष रहेका छन् । शैक्षिक आधारमा ५७ वृद्धवृद्धा साक्षर र १३३ निरक्षर छन् भने ६८ निरोगी र १२२ जना वृद्धवृद्धा विभिन्न रोगको औषधि सेवन गरिरहेको जानकारी संस्थाकी कार्यक्रम संयोजक भावना के.सी. ले बताईन् ।

उनीहरुको गुनासो र आवश्यकता बारेमा सोधिएको प्रश्नमा २०.५ प्रतिशतले सामाजिक सुरक्षा र ३७.४ प्रतिशतले नि:शुल्क वा सर्वसुलभ उपचारको माग स्थानीय सरकार सँग गरेका छन् ।

टेवाले विगत लामो समयदेखि शारीरिक अपाङ्ग, असहाय र विपन्न महिलाहरुलाई क्षमता अभिवृद्धि गर्दै शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जना गर्ने परियोजनाहरु संचालन गर्दै समाज परिवर्तन निम्ति आफ्नो संस्था स्थापना कालदेखि लागिरहेको र आगामी दिनहरुमा स्थानीय सरकार सँग हातेमालो गर्दै अघि बढ्ने संस्थाका अध्यक्ष डेण्डी शेर्पा बताए ।

प्रतिक्रिया दिनुहोस्