नेपालेडाँडा परिवारको  दोस्रो रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, २८ माघ

हिजो माघ  २७ गते शनिबारको दिन नेपालेडाँडा परिवार, काठमाडौंले  दोस्रो रक्तदान कार्यक्रम गरेको छ । बिगतका बर्षहरुमा पनि रक्तदान कार्यक्रम गर्दै आएको परिवारले निरन्तरता दिदै यो वर्ष पनि कार्यक्रम गरेको हो ।

केन्द्रीय रक्तसञ्चार कार्यालय बालकुमारीमा भएको उक्त रक्तदान कार्यक्रममा लगभग १०० जनाको उपस्थित थियो भने ३७ जना दाताहरुले रक्तदान गरेका थिए।

दिनको ११ बजेबाट सुरु भएको उक्त रक्तदान कार्यक्रममा परिवारका उपाध्यक्ष दिपराज दाहाल (एटम) ले पहिलो रक्तदान गरेसँगै अन्य अतिथिहरुले रक्तदान गरेका थिए ।  त्यसैगरी अथितिको रुपमा उपस्थित मध्ये सुभम गौतमले दोस्रो रक्तदान गरेका थिए ।

दिउसो ३ बजे सम्म संचालन भएको उक्त रक्तदान कार्यक्रममा उपस्थित सबै रक्तदान गर्न इच्छुक भएता पनि स्वास्थ्यका कारण सबैले रक्तदान गर्न नमिलेको नेपालेडाँडा परिवारको अध्यक्ष बलु राईले परिवर्तन खबरलाई जानकारी गराउनु भयो ।

परिवर्तन खबरले दाताहरुलाई फ्रुटी र अण्डा प्रयोजन गरेको उक्त रक्तदान कार्यक्रममा रक्तदान नै जिबन दान हो भन्दै सहभागी हुन आउने दाताहरुको संख्या उल्लेख्या भएकोमा नेपालेडाँडा परिवार हर्षित भएको  कार्यक्रमका संयोजक सुरेस लुइटेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपालेडाँडा परिवारका पधाधिकारी तथा सदस्यहरु बलराम राई , दिपराज दाहाल ,पदम राई , सागर गौतम, शान्ति थापा, नोदमणि पोखरेल, राजन खड्का, अनुपम कोइराला, सुशिला गौतम सक्रियताका साथ उपस्थिति थिए । कार्यक्रममा हौसला बढाउन उपस्थित सम्पूर्ण अतिथिहरुले कार्यक्रमको शोभा बढेको पनि नेपालेडाँडा परिवारले  जानकारी गरायो ।

भोजपुर जिल्ला अन्तर्गत षडानन्द नगरपालिका -१ नेपालेडाँडाबाट आई काठमाण्डौमा विभिध पेसा व्यावसाय गर्दै बसेका सदस्यहरुको छाता संघठन नेपालेडाँडा परिवारले आफ्नो रक्तदान कार्यक्रममा आएर रक्तदान गर्ने सबै दाताहरुलाई, हौशला बढाऊन उपस्थित सबै शुभचिन्तकहरुलाई हृदयदेखि नै बिशेष धन्यवाद प्रकट समेत गरेको छ।

 

दाताहरु क्रमसः

  1. दिपराज दाहाल (एटम )
  2.  सुभम गौतम
  3. रामसिंह राई
  4. दिपक कुमार घले
  5. वीर बहादुर भुजेल
  6. राम काफ्ले
  7. अंकित पोखरेल
  8. प्रयाग गौतम
  9. प्रताप राई
  10. रुपा पाठक
  11. अनिता गौतम
  12. कृष्ण बहादुर कार्की
  13. दिनेश लामा
  14. सलिना थापा
  15. शिव जोशी
  16. सुमन श्रेष्ठ
  17. ऋतिक राई
  18. ललित कुमार घिमिरे
  19. बिकास खातीन
  20. नारायण खनाल
  21. सागर गौतम
  22. मेलम राई
  23. अनिस श्रेष्ठ
  24. मोहन कुमार राई
  25. विनय पौडेल
  26. रमेश पराजुली
  27. विन्दु ढकाल
  28. सन्तोष कठेत
  29. कृष्ण बहादुर तामाङ
  30. बलराम राई
  31. दिपेन्द्र न्यौपाने
  32. संदेश महर्जन
  33. हेमन बज्राचार्य
  34. बिक्रम भण्डारी
  35. बेबी राई
  36. राजन लम्साल
  37. अनुपम कोइराला 

प्रतिक्रिया दिनुहोस्