त्रि-ज्योति मा.वि.कपनको अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न



एटम शर्मा / काठमाडौं, २८ माघ

त्रि-ज्योति मा.वि. कपन काठमाडौंले बिद्यालयको २३ औँ अभिभावक दिवस एवं २४ औँ वार्षिकोत्सव हिजो शनिबार सम्पन्न गरेको छ । विद्यालयको संचालन समितिका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्यका विशिष्ठ व्यक्तित्व डा. तारानाथ शर्मा प्रमुख अतिथि र राष्ट्रिय गानका रचनाकार व्याकुल माइला विशेष अतिथि रहेका थिए ।

विद्यालयका सहायक प्राचार्य गणेशकुमार मिश्रले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा विद्यालयको वार्षिक स्मारिकाको विमोचन, पुरस्कार वितरण एबं विभिन्न सम्मानका कार्यक्रम आयोजना गरिएको थियो ।

गत वर्ष झैँ यस बर्ष पनि त्रि-ज्योति समाज सेवा सम्मान, चेलीबेटी बेचाबिखाना विरुद्द उभिएकी चरिमाया तामाङलाई , त्रि-ज्योति कला,साहित्य सम्मान नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीलाई र त्रि-ज्योति प्रतिभा सम्मान पुर्व विद्यार्थी सुवर्ण बुढाथोकीलाई प्रदान गरियो । साथै विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका एवं कर्मचारीहरूमध्ये केहीलाई त्रि-ज्योति उत्कृष्ट सेवा सम्मान प्रदान गरिएको थियो ।

विद्यालयका प्राचार्य भगवान अर्याल, सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, विद्यालयका निर्देशक ताराप्रसाद सुबेदी, आर्थिक निर्देशक अजय खनालको समुपस्थितिमा आयोजित उक्त कार्यक्रममा समाजसेवी शम्भु भट्टराई, मिठाराम अधिकारी, ठाकुरप्रसाद खकुरेल, कपन बहुमुखी क्याम्पसका अध्यक्ष कुमार ओझाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका बालबालिकाहरुले नृत्य, संगीत तथा नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्