अनुसन्धान भन्छ पीडा घटाउँछ हातको स्पर्शले



अनुसन्धान अनुसार, नेता र तिनको समर्थकबीच राम्रो तालमेल हुँदा उनीहरूको सोचाइमा पनि समानता हुन्छ । यस्तै यदि कुनै प्रेमिल जोडी साथै छन् भने उनीहरूको मुटु र मस्तिष्कको गति लगभग समान हुन्छ । प्रसव पीडामा रहेकी पत्नीको हात पतिले समात्दा पत्नीको पीडा घट्ने अनुसन्धानमा उल्लेख छ ।

माया र स्नेह दर्साउन पनि हामी अरूका हात स्पर्श गर्ने गर्छौं । यसो गर्नाले मुटु र श्वासको सम्बन्ध मिल्न गई पीडा कम हुने एउटा अध्ययनले देखाएको छ ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित उक्त अध्ययन २२ जोडीको सर्वेक्षणबाट निकालिएको हो । अध्ययन परिणामअनुसार सँगै बस्ने दुई व्यक्ति अरूभन्दा कम पीडामा हुने गर्छन् । जब दुवै जना एकअर्काको हस्तस्पर्शलाई अनुभव गर्छन् त्यतिखेर उनीहरूको मुटुको सासको गतिसमेत समान हुन्छ । जब सँगै रहेर कुनै भावुक फिल्म हेर्छन् भने त्यतिखेर दुवैको मुटु र सासको गति पनि समान हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्