छाला सुन्दर बनाउने यी ५ बस्तु



चन्दन
चन्दनले छालामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउछ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब
गुलाबमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । त्यसैले सुत्नुअघि अनुहारमा गुलाबजल दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

घ्यूकुमारी
घ्यूकुमारी छालामा लगाउनाले छाला तलको रगत शुद्ध हुनुका साथै डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या कम हुन्छ । घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग पनी बिस्तारै हराउँदै जान्छ ।

नीम
छालामा रहेका टक्सिनलाई नीमले हटाउछ साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार
सुन्दर बन्न छालामा बेसार दल्ने चलन छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा लगाउनाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्