मान्छे मोटाउने नयाँ तथ्य पत्ता लाग्यो , अब सजिलै दुब्लाउन सकिने



काठमाडौं, १९ माघ

पिरो, अमिलो र नुनिलो सबै मिलेका परिकार खान नेपाली धेरै रुचाउँछन् । नुनविनाको परिकार नेपालीको भान्सामा पाउन मुस्किल नै हुन्छ । नुन हामो शरीरलाई आवश्यक पर्ने तत्व भए पनि धेरै सेवन गर्दा भने हानिकारक नै हुन्छ ।

स्वास्थ्य विशेषज्ञहरू नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन)ले गरेको एक अध्ययनअनुसार एक वयस्क व्यक्तिले दिनमा पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्नु स्वास्थ्यलाई राम्रो मानिदैन ।

डब्लुएचओलगायत स्वास्थ्य संस्थाहरूको अध्ययनले आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा पार्ने विभिन्न असरबारे औँल्याएका छन् :

—आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा सोडियमको मात्रा बढाउँछ । सोडियमको अधिक मात्राले हाई ब्लडप्रेसरको खतरा निम्त्याउँछ ।

—शरीरमा नुनको मात्रा बढी भयो भने आइरनको मात्रा कम हुन्छ । आइरन कम भएपछि शरीरमा बोसोको मात्रा बढ्छ । जसले गर्दा शरीरमा अनावश्यक मोटोपना बढ्नुका साथै विभिन्न अन्य रोग पनि देखा पर्न सक्छन् ।

—नुनले हड्डीमा क्याल्सियमको मात्रा कम गराइदिन्छ । क्याल्सियमको कमी हुँदा हाम्रो हड्डी कमजोर हुन्छ । जसले गर्दा अस्टियोपोरोसिस (हड्डी कमजोर हुने, फुल्ने र टुक्रिने) को खतरा रहन्छ ।

—शरीरमा नुनको मात्रा धेरै हुँदा दिमागमा पनि असर गर्छ । यसले तनाव उत्पन्न गराउनुका साथै दिमागी समस्या निम्त्याउन सक्छ । खानामा नुनको मात्रा धेरै राख्दा मुटुमा पनि असर गर्छ । यसले विभिन्न रोग निम्त्याउन सक्छ ।

—धेरै नुन सेवनले शरीरको क्याल्सियमलाई गलाउँछ । क्याल्सियम गलाएर मिर्गौलासम्म पु¥याउँछ । यसले मिर्गौलामा स्टोनको समस्या हुन सक्छ ।

नुन नियन्त्रण गर्न…
शरीरमा नुनको मात्रा बढ्न नदिन हामीले दैनिक सेवन गर्ने खानपिनमै विशेष ख्याल गर्नुपर्छ । नुनको मात्रा धेरै हुने खानालाई नियन्त्रण गर्नुपर्छ । फास्टफुड, जंकफुडमा नुन धेरै राखिएको हुन सक्छ । चिजबल, चाउचाउलगायत विभिन्न ससमा पनि नुनको मात्रा बढी राखिएको हुन्छ । लामो समयसम्म नबिग्रियोस् भन्नका लागि यी परिकारमा धेरै नुन राखिएको हो । चिप्सलगायत प्याक स्न्याक्सहरूमा पनि नुन बढी राखिएको हुन्छ । अचारमा पनि नुनको मात्रा धेरै हुने एउटा आइटम हो ।

–नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्