राति सुत्नुअघि नुहाउँदा हुने ७ फाइदाहरु



सामान्यतया मानिसहरु बिहान नुहाउछ्न। यो कसैको बानि हुन्छ भने कसैलाई चाही सधै नुहाउने बाध्यता नै हुन्छ । तर भने रातिको समयमा नुहाउने बानि पनि एकदम राम्रो हो । के तपाईँले सुत्नु अघि नुहाउने बानी राख्नु भएको छ ? सम्भ वत नहोला । भएपछि त राम्रो । तर यो कुरा भन्दा पहिले तपाई एउटा कुरा थाहा पाईराख्नुहोस् । तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

त्यसैले सबैभन्दा पहिले सुहाउनको लागि चिसो पानी रोज्नुहोस् । चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्ने आयुर्वेदिक दृष्टि छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका साथै शारीरिक सौन्दर्य पनि कायम रहने हुन्छ ।

एउटा महत्पवूर्ण कुरा, राती सुत्नुअघि नुहाउनु हो । राती सुत्नुअघि नुहाउनाले हामीलाई हुने फाईदाहरु के–के छन् त ? हेर्नुहोस् हामीले तल उल्लेख गरेका छौँ ।

१. राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ ।

२. यदि तपाईमा मोटोपना छ भने सुन्तुअघि नुहाउनु भयो भने क्यालोरी खपत भएर सजिलै तौल कम गर्न गर्न सकिन्छ ।

३. चिसो पानीले नुहाएमा कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । गालामा डन्डीफोर छन भने पनि चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ ।

४. चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ र रक्त सन्चार पनि राम्रो हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्ने हुन्छ ।

५. एक अध्ययन अनुसार नुहाउँदा मुड फ्रेस हुन्छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो ।

६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाएमा उच्च रक्तचापमा कमी आउँछ ।

७. तातोपानीमा नुहाएमा ब्लड सुगरको स्तर कम हुने अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसले राती राम्रो निन्द्रा पनि लाग्छ ।

प्रतिक्रिया दिनुहोस्