किन लाग्छ यौन सम्बन्धपछि पुरुषलाई निन्द्रा ? यस्तो छ वैज्ञानिक कारण



लेनर र गोल्डबर्गका अनुसार चरमोत्कर्ष पछि अक्सिटोसिन, प्रालेक्टिन, गेमा अमिनो ब्यूटीरिक एन्डोर्फिन्स नामक बायोकेमिकलको सम्मिलित प्रभावका कारण थकान, हल्कापन, आनन्दको महसुस हुन्छ । यो मिठो निन्द्रामा सहायक हुन्छ । यौन सम्बन्धपछि पुरुष सुत्न चाहन्छन् भने महिला कुराकानी गर्न चाहन्छन् । यसको जैविक कारण छ ।

वास्तवमा, चरमोत्कर्षपछि शरिरमा प्रोलेक्टिन नामक बायोकेमिकल रिलिज हुन्छ । यसले शरिरलाई रिल्याक्स गर्दछ भने थकानको महसुस गराउँछ । पुरुष धेरैजसो चरमोत्कर्षमा पुग्ने गर्दछन् तर महिला हरेक पटक चरमोत्कर्षमा पुग्छन् भन्ने हुँदैन । त्यसकारण पुरुषलाई निन्द्रा लाग्ने सम्भावना धेरै हुन्छ ।

पुरुषलाई निन्द्रा लाग्ने अन्य कारण पनि बताइएको छ । मार्क लेनर र लिली गोल्डबर्ग डाक्टर अफ मेडिसिनद्वारा लिखित ‘ह्वाई डु म्यान फल अस्लिप आफ्टर सेक्स ?’ नामक पुस्तकमा केही अन्य कारण पनि लेखाएका छन् । लेनर र गोल्डबर्गका अनुसार यौन सम्बन्धका बेला र चरमोत्कर्षमा शरिरले मेहनत गर्ने गर्दछ जसका कारण मांशपेशीमा ऊर्जा निष्कासन गर्ने ग्लाइकोजनको कर्मी हुने गर्दछ । यसका कारण पुरुषलाई निन्द्रा लाग्छ ।

महिला किन जागा हुन्छन्, यसको जवाफमा लेनर र गोल्डबर्ग सेक्सको आध्यात्मिक पक्षको चर्चा पनि गर्दछन् । उनका अनुसार पुरुषको चरमोत्कर्ष शरिर बाहिर हुन्छ त्यसकारण ऊर्जा हानी हुन्छ । दोस्रोतर्फ, महिलाको चरमोत्कर्षमा शरिरभित्र ऊर्जा बिस्फोट हुने गर्दछ । यसले ऊर्जा हानी हुनबाट जोगाउँछ । यसै कारण पुरुषले चरमोत्कर्ष हाँसिल गरेपछि पनि महिला रोमान्चित हुन्छन् र कुरा गर्न चाहन्छन् ।

विशेषज्ञका अनुसार यौन सम्बन्ध पछि पुरुष सुतेपनि उनीहरु पार्टनरबाट टाढा अथवा अर्कोपट्टी फर्किएर सुत्नु हुँदैन । यसको साटो दुबै पार्टनर एक–अर्काको आलिंगनमा बाँधिएर सुत्नुपर्छ । यसले इन्टिमेसी र रोमान्स बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्