जान्नुहोस ! आइन्स्टाइनको स्वभाव



५ माघ:  अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो ।

आइन्स्टाइनले सापेक्षता को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् वैज्ञानिक मानियो । आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ ।

जान्नुहोस उनको स्वभाव
एक पटक आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरे । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् । उनको बहिनी मजाले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपछी उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउदै बोलाइन् । केही समयपछी जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टवल बोकेर बाहिर निस्किदै भने, ‘आई एम् सरी, म त आफ्नै विचारमा हराउदा नुहाउन नै बिर्सेछु ।’ यती भनेर उनी फेरी नुहाउनलाई बाथरूप भित्र छिरे ।

प्रतिक्रिया दिनुहोस्