दाह्री प्रति धेरैको नकारात्मक विचार हुनसक्छ तर दाह्री राख्नुको ५ फाइदाहरू जानीराखौँ ……



५ माघ : तपाईको बढ्दो दाह्री प्रति धेरैको नकरात्मक विचार हुनसक्छ तर आज हामी दाह्री राख्नुको केहि यस्ता आश्चर्यजनक फाइदाहरूको चर्चा गर्दैछौँ जसको बारेमा जानकारी भैसकेपछि तपाई कहिल्यै दाह्री काट्ने सोच गर्नुहुँदैन । दाह्री राख्नुका यी ५ फाइदाहरू जानी राखौँ ।

१- त्वचाको क्यान्सरबाट बचाउँछ
सदर्न क्वीन्सल्याण्डको सोधलाई आधार मान्ने हो भने दाह्री राख्नाले सूर्यको अल्ट्राभोयलेट किरणबाट ९५ प्रतिशतसम्म बँच्न सकिन्छ । जसबाट उसलाई त्वचाको क्यान्सर हुने आशंका हुँदैन । सोधकर्ताहरूले यसलाई सनस्क्रिन वा कपडा जति नै प्रभावशाली मान्ने गर्छन् ।

२- स्वस्थ र सुन्दर र त्वचा
ओहियो स्टेट वेक्सनर मेडिकल सेन्टरका सोधकर्ताहरूका अनुसार दाह्री राख्दा त्वचामा ब्याक्टेरियल संक्रमणबाट बचाउँछ, जसबाट डन्डीफोर र दाग-धब्बा हुँदैन । यसबाट त्वचा, शेभिंग गरिएको त्वचाको अपेक्षा भन्दा अधिक स्वस्थ र चम्किलो रहन्छ ।

३-एलर्जीबाट बचाउँछ
जसरी नाकको कपालले नाकमा प्रवेश गर्ने एलेर्जीक कण एवम् प्रदुषणलाई रोक्छ त्यसै गरी दाह्रीले पनि त्वचामा एलर्जी उत्पन्न गर्ने कण वा प्रदुषित तत्वलाई प्रवेश गर्नबाट रोक्छ । एलर्जी एण्ड एस्थमा सेन्टर अफ न्यूयोर्क मेडिकल सेन्टरको विशेषज्ञहरूका अनुसार, दाह्रीले अनुहारमा प्रदुषणको कणहरूलाई प्रवेश गर्न रोक्छ । यसकारण यसलाई दिनहुँ सफा राख्नुपर्दछ ।

४- आकर्षण बढाउँछ
इभोल्यूशन एण्ड ह्यूमन बिहेभियर जर्नलमा प्रकाशित सोधक अनुसार, जुन पुरुषको दाह्री हुन्छ, ती पुरुषतर्फ महिलाहरू अधिक आकर्षित हुन्छन् । दाह्री राख्ने पुरुषको व्यक्तित्वले विपरित सेक्सलाई प्रभावित गर्छ ।

५-त्वचालाई नरम बनाउँछ
त्वचालाई नरम बनाई राख्नको लागी ओयल ग्लैंड हुन्छ, जसले त्वचालाई नरमपन दिन्छ । हावा, धुवाँ र प्रदुषणबाट त्वचाको नरमपन नष्ट हुन्छ, जसको लागी दाह्रीले सुरक्षा कवचको काम गर्छ । यसमा सुख्खा छाला हुने पुरुषको लागी दाह्री राख्नु अति नै लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्