जानिराखौ अँध्यारोमा मोबाइल प्रयोग गर्दा हुने नोक्सानहरु



५ माघ : अधिकांश मानिस मोबाइल प्रयोग गर्छन् । तर यी मध्य केही यस्ता मानिस छन्, जसले राती सुत्नुअघि या अँध्यारोमा निकै लामो समय सम्म मोबाइल प्रयोग गर्छन् । यसले आँखा र मस्तिष्कमा निकै नकारात्मक असर पार्छ । यस सम्बन्धि कयौँ रिसर्च र अध्ययन पनि भैसकेको छ, जसमा यो सावित भएको छ कि अँध्यारोमा मोबाइलको स्क्रिनमा काम गर्दा कति खतरनाक छ ।

रिसर्च र अध्ययनको आधारमा आज हामी चर्चा गर्दैछौँ कि अँध्यारोमा मोबाइल प्रयोग गर्नुको ९ नकारात्मक असरको बारेमा जुन यस्ता छन् ।

डार्क सर्कल्स
राती अबेर सम्म मोबाइल प्रयोग गर्नाले आँखामा तनाव रहन्छ, जसको कारण डार्क सर्कल्सको समस्या उत्पन्न हुनसक्छ।

थकान
राती बढी समय सम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पुरा हुँदैन, जसको कारण दिनभरि थकान महसूस हुन्छ ।

मस्तिष्कमा असर
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा ब्रेन ट्यूमरको खतरा बढ्न सक्छ । यसबाट स्मरण शक्ति कमजोर हुनसक्छ ।

खाको रोशनी कमजोर हुनु
राती सुत्नुअघि मोबाइलको प्रयोग गर्दा आँखाको रेटिनामा खराब असर पर्न सक्छ । यसबाट आँखाको रोशनी कमजोर हुनसक्छ ।

निन्द्राको कमी
राती सुत्नुअघि मोबाइल प्रयोग गर्दा शरीरमा मेलाटोनिन हार्मोनको स्तर कम हुनथाल्छ । यसको कारण निन्द्रा ढिलो लाग्ने समस्या हुनसक्छ ।

आँखा रातो हुनु
राती बढी समय सम्म मोबाइल या ट्याबलेट प्रयोग गर्दा यसको प्रकाशले आँखा रातो हुने समस्या उत्पन्न गर्न सक्छ ।

तनाव बढ्नु
अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मेलाटोनिन हार्मोनको स्तर कम हुन्छ । यसबाट तनाव बढ्न सक्छ ।

ग्लूकोमा
अबेर रातीसम्म मोबाइल प्रयोग गर्नाले मस्तिष्क सम्म सिग्नल जाने ओप्टिक तन्त्रिकामा नकारात्मक असर पर्छ । यसबाट ग्लूकोमा को समस्या हुनसक्छ ।

फोकसिंग मसल्समा असर
राती लामो समय सम्म मोबाइलको प्रयोग गर्दा आँखाको फोकसिंग मसल्समा नकारात्मक असर पर्न सक्छ । यसबाट कुनै पनि चिजमा फोकस गर्न निकै कठिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्