जाडोमा आफ्नो बच्चाको ख्याल गर्ने उपायहरु



काठमाडौं, ४ माघ

यतिबेला जाडो बढिरहेको छ । यो  समयमा बच्चाहरुलाई विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । यस समयमा बच्चालाई छिट्टै चिसो लाग्ने भएकाले उनीहरु बिरामी पर्ने गर्छन् ।

बच्चाहरुलाई चिसोबाट बचाउनु निकै चुनौतीपूर्ण काम हुने गर्छ । बच्चालाई चिसोबाट बचाउनको लागी बच्चाको आमा पनि चिसोबाट बच्नु निकै जरुरी हुन्छ । यस समयमा ब्याक्टेरिया र भाइरसले सजिलैसँग संक्रमण गर्न सक्ने भएकाले पनि बच्चाको ख्याल गर्नु निक जरुरी हुन्छ ।

जाडोमा बच्चाको ख्याल गर्ने उपायहरु यस प्रकार छन् :

१) चिसोबाट बच्चालाई जोगाउन धेरै कपडा लगाउनुको सट्टा उसको पैताला, हत्केला, कान र टाउको न्यानो कपडाले छोपेर राख्नु पर्छ । किनकी शरीरको यी भागमा सबैभन्दा बढी तापक्रम कम हुन्छ र चिसो पस्ने डर सबैभन्दा बढी हुन्छ । त्यसैले बालबालिकालाई आवश्यक मात्रामा टोपी, मोजा र पन्जा लगाइदिनुपर्छ ।

२) घाम स्वास्थ्यका लागि राम्रो हुन्छ । आफ्नो बच्चालाई विहानको समयमा केहि समय घाममा राखेर सन बाथ गराउनु पर्छ । यसले ताजा हावाको साथै भिटामिन डी पनि शरीरलाई प्राप्त हुन्छ ।

३) बच्चाको छेउछाउमा रूम हिटरको प्रयोग गर्नु हुँदैन । किनकी हिटरबाट निस्कने सूक्खा हावा बच्चाको स्वास्थ्यको लागि राम्रो मानिदैन ।

४) जाडो मौसममा बच्चालाई नियमित नुहाउनु हुँदैन । बरु मन तातो पानीमा तौलिया भिजाएर बच्चाको शरीरलाई सफा गर्नुपर्छ । यसले चिसो पस्दैन र उसको शरीर सफा पनि हुन्छ ।

५) बच्चालाई नुहाउनु भन्दा पहिले हल्का तातो तेलले उसको मालिस गर्नु राम्रो हुन्छ ।

६) प्रायजसो सुत्ने समयमा बच्चाले कम्बल वा सिरक हटाइदिने गर्छन् । जसले गर्दा उसलाई सर्दी लाग्ने हुन्छ । त्यसैले बच्चा सुत्नु भन्दा पहिले नै उनको ओछ्यानमा पातलो न्यानो ओछ्यान विछ्याएर त्यसमाथि हट वाटर बोटल राख्नाले ओछ्यान तातो हुन्छ । साथै बच्चालाई तातो न्यानो कपडाको साथै उसले बनेको टोपी र मोजा लगाइदिनु पर्छ । जसले गर्दा बच्चाले सिरक हटाए पनि उनलाई सर्दी लाग्दैन ।

७) यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनु पर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ ।

८) बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ ।

९) बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ ।

१०) जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्