चिसो हटाउन रक्सी पिउदा ज्यानै जान सक्छ



मदिराप्रेमीमाझ प्रचलित ‘आज मौसमले सारो च्यालेन्ज गर्यो’ भन्ने भनाई धेरै लोकप्रिया छ  । यसले सामान्यतया चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ ।

हुनत, आजकाल नतिजा राम्रो भएमा साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! नराम्रो भए पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! नोकरी भएको खुसियालीमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! नोकरी खुस्केमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! जन्मदिन आएमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! बिवाहा भएमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! बच्चा जन्मिएमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! अनि प्रेम बसेमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ ! त्यसैगरी प्रेम छुटेमा पनि साथीभाईको पहिलो बोलि हुन्छ आज रक्सी खान जाउ !

प्राय जसो साथि भाईहरुको लहैलहैमा लागेर विभिन्न बहानामा रक्सी खाने गरिन्छ । तर, चिसो मौसममा बढी रक्सी सेवन गर्दा ज्यानै जाने गरेको छ । चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ ।

मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । रक्सीले रगतमा भएको तातोलाई छालातिर फाल्छ । यसलाई (भ्यासोडाइलेसन) भनिन्छ । समान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ ।

चिसोमा मदिराले तत्कालका लागि न्यानो गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलल बताउछन ।

शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो । चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा ९ब्लड भेइसल० फराकिलो बनाउँछ ।

डा अनिलका अुसार चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्