मेलामा करिब चार करोडको व्यपार



पोखरा, २ माघ : पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहाँले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको बताएका छन् ।

संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताउनुभयो । उहाँका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्थासमेत गरेको जानकारी दिएका छन् ।

मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको, उक्त गाडीको बजार मूल्य रु १८ लाखभन्दा बढी रहेको छ ।

पुस २७ गतेदेखि शुरु भएको मेला आगामी माघ ८ गतेसम्म जारी रहने समेत आयोजकले जानकारी दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्