जान्नुहोस मह खाने तरिका !



काठमाडौँ, २ माघ : मौरीहरूले विभिन्न प्रजातिका वनस्पति -जडिबुटीसहित फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह खाँदा विचार गर्नु पर्ने कुराहरु निम्न छन् |

१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत जान सक्छ ।
३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।
४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।
५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।
६. मह तताएर कहिल्यै नखानू ।
७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।
८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।
९. शुद्द मह कुकुरले खाँदैन ।

प्रतिक्रिया दिनुहोस्