गाउँमा भेटियो संरक्षित प्रजातिको अजिंगर



कञ्चनपुर, १ माघ : कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर भेटिएको छ ।

राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जिम्मा लिएका छन् । अजिंगरलाई चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको छ ।

भेटिएको अजिंगर संरक्षित प्रजातिको सूचीमा सूचीकृत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्