अनुहारको मेकअप हटाउने तरिकाहरु



काठमाडौँ, ३० पुस : जो महिला हरेक दिन मेकअप गर्न रुचाउँछन् , मेकअप पश्चात्त अनुुहारको सफाई गनु पनि उनीहरुका लागि त्यति नै महत्वपूर्ण हुन्छ । तर मेकअप हटाउने भन्दैमा जस्तो पायो, त्यस्तै तरीकाले मेकअप हटाउँदा अनुहारलाई नोक्सान गर्न सक्छ । त्यसैले प्रत्येक पटक मेकअप हटाउँदा निश्चित विधि अपनाउन जरुरी छ ।

क्लिन्जिङ मिल्कले मेकअप त हट्छ, तर क्लिन्जिङ गरेको छालालाई त्यत्तिकै छाड्नुहुन्न । मेकअप सफा गरेपछि टोनर अनिवार्य प्रयोग गर्नुपर्छ ।

टोनरले क्लिन्जिङ गर्दा खुलेका छालाको प्वाललाई खुम्च्याएर सही अवस्थामा राख्न भूमिका खेल्छ । टोनर प्रयोग गरेपछि कुनै क्रिम अवश्य प्रयोग गर्नुहोस् ।

क्रिम प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । सुक्खा छालामा मोस्चर बढी भएको क्रिम लगाउनुपर्छ भने चिल्लो छालामा आयल फ्री क्रिम उपयुक्त हुन्छ ।

गाजलसहित आँखाको मेकअप हटाउन बेबी आयल प्रयोग गर्नु उत्तम हुन्छ । बेबी आयल कुनै नरम कपडामा चोबेर आँखाको मेकअप हटाउँदा राम्रोसँग हट्छ । यसले आँखा सुक्खा हुनबाट पनि बचाउँछ ।

मेकअपमा प्रयोग गरिएका कलर कस्मेटिक हटाउन क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । क्लिन्जिङ मिल्कले केहीबेर समय लगाएर बिस्तारै मेकअप हटाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्