तौल बढेर हैरान हुनुहुन्छ तरिका मिलाएर पिउनुहोस् पानी तौल घटछ



काठमाडौँ, ३० पुस : जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहिनेतमात्र सम्भि्कन्छौं। तपाईंको जीवनशैलीमा कडा मिहिनेत सम्भव छैन भने अपनाउनुहोस यी उपायहरु उपयोगी हुन सक्छ। यी उपायले तपाईंको क्यालोरी घटाउन सहयोग गर्न सक्छ।

– दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने । यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ ।
– दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ ।
– दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।
– चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ ।
– नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने ।
– बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने । यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ ।
– सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने । यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्