दिउँसो सुत्न खतरा जान्नुहोस किन ?



काठमाडौँ, ३० पुस : अनुसन्धानकर्ताले दिनमा लामो निन्द्रा लिनुको परिणाम रातीमा निन्द्रा नलाग्नुसँग सम्बन्धित हुने बताएका छन् । निन्द्राकै कारणले हृदयघात, मस्तिष्कघात, मुटु सम्बन्धि समस्या र टाइप-२ मधुमेह लगायतका विभिन्न प्रकारका खतराहरु बढ्न सक्छ ।
कतिपय मानिसहरु दिउँसो सुत्न मन पराउँछन् । तर, उनीहरुका लागि नराम्रो समाचार छ । दिनमा एक घण्टा भन्दा बढी सुत्ने मानिसमा टाइप-२ मधुमेहको खतरा ४५ प्रतिशतले बढ्न सक्ने एक अध्ययनले देखाएको छ । सामाजिक जीवनशैली वा कामले गर्दा निन्द्रा नपुग्नु र धेरै भोक लाग्नुको रुपमा परिणाम निकाल्न सकिन्छ, जसले टाइप-२ मधुमेहको खतरा बढ्न सक्ने सम्भावना हुन्छ ।

४० मिनेटसम्मको निन्द्राले मधुमेहको कुनै खतरा नरहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्