टाउको किन दुख्छ ? यस्ता कारणहरु



काठमाडौँ, ३० पुस : धेरै मानिसको भ्रम के छ भने टाउको दुख्नु भनेको गिदी दुख्नु हो। वास्तवमा गिदीमा कुनै संवेदना पुर्याउन सक्ने क्षमता नै छैन। शल्यचिकित्सकहरूको भनाइअनुसार गिदीको शल्यक्रिया गर्दा यसलाई ‘एनेस्थेसिया’ अर्थात् संवेदनाश गर्नुपर्ने आवश्यकता पर्दैन।

टाउको दुखाइ गिदीभन्दा बाहिर रहेका ‘रिसेप्टर’ हरूको उत्तेजनाबाट हुने हो। र, मांसपेशीहरू हाम्रो मस्तिष्क तनावयुक्त भएका बेला बढी कसिने गर्छन्। त्यस्तै रिसेप्ट्रहरू टाउकोका अरू विभिन्न भागहरूमा हुन्छन्, जस्तै छाला, आँखा, कान (भित्री, बाहिरी), जोर्नी, दाँत, जिब्रो, साइनस (हाडभित्र हावा भरिने ठाउँ), मेरुदण्डका माथिल्ला हाडहरू आदि। चस-चस घोच्ने, कञ्चटमा चट्किने, टाउको भारी भइरहने, टाउको पोलेको-पोलेकोजस्तो हुने आदि विभिन्न प्रकारले टाउको दुख्ने गर्छ।

१. उपवासः
केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ। खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ। यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने।

२. मध्यपानः
अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो। तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ। अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ। यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ।

३. पानीः
महिनामा दुई पल्ट कडा वा पाँच पल्ट सामान्य टाउको दुख्ने मानिस सहभागी गराएर एउटा अनुसन्धान गरियो। सहभागीहरूलाई पर्याप्त निदाउन र तनाव व्यवस्थापन गर्न पनि सिकाइयो। दुई समूहमध्ये एउटा समूहलाई अनुसन्धान अवधिभर उनीहरूले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउन भनियो।

४. क्याफिनः
क्याफिनले दुखाइ कम गर्न सक्छ। ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो।

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो।

सहभागीमध्ये सबैभन्दा बढी क्याफिन (दैनिक ५४० मिलिग्राम) सेवन गर्नेहरूलाई माइग्रेन लगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो।

अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लगाए।

ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए।

निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ।

हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ।

प्रतिक्रिया दिनुहोस्