बुझिराखौं कुन लामखुट्टेले किन टोक्छ र कस्ता व्यक्तिलाई धेरै टोक्छ ?



काठमाडौँ, ३० पुस : पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् । पोथी लामखुट्टेलाई मानव रगतको आवश्यकता लार्भा उत्पादनका लागि आवश्यक पर्दछ ।

शरिरको तापक्रम : 
मानिसको शरिरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

रङ :
थुप्रै अनुसन्धानले कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने बताएको छ ।

बास्ना :
परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै छ ।

स्किन केयर प्रोडक्ट :
अधिकांश स्किन केयर क्रिममा ल्याक्टिक एसिड हुने गर्दछ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।

कोलेस्ट्रोल :
जो मानिसहरुको कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

मोटोपन :
मोटो मान्छेहरुले बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

गर्भवती :
सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले टोक्ने सम्भावना दोब्बर हुन्छ ।

उमेर र लिङ्ग :
महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस्