थाहा पाउनुहोस “अमला” के हो र यसका फाईदाहरु



काठमाडौँ, ३० पुस : अमला एउटा फल जुन भिटामिनको राम्रो स्रोत हो । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ भनीन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ ।यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से।मी। व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । अमलाको मुख्य फाइदाहरु यस्ता छन् :

कपालको चाया हटाउछ
कपाल कन्याउदै यो लेख पढ्दै हुनुहुन्छ भने तपाई सही ठाउँमा आइपुग्नुभयो । अमलाको रस अथवा पानीमा भिजाएको अमलाको चुर्णले टाउको धुने गर्दा कपालको चाया हट्छ । त्यस्तै ध्यान दिनुपर्ने कुरा के भने कपालको रौंको जरासम्म पुग्ने गरी मालिस गर्नाले चाया हट्नुका साथै कपाल चम्किलो र नरम समेत हुन्छ । अमलाको अर्को प्रभावकारी फाइदा यसले कपाल टुक्रन दिदैन ।

आँखाको दृष्टी क्षमता बढाउछ
अमलाले आँखाको दृष्टी क्षमतालाई शक्तिशाली बनाउछ । अमलाको चुर्ण धुलोलाई गाइको ध्यू अथवा महमा मिलाएर बिहान बेलुका नियमित सेवन गर्नाले आँखाको दृष्टी क्षमता बढ्छ । अमलाको रसलाई महमा मिलाएर खाने गर्नाले पनि मोतिविन्दु लगायत आँखा सम्बन्धी रोग निवारण हुन्छ ।

मुख गन्हाउन छाड्छ
नियमित रुपमा अमला खानेहरुमा मुख गन्हाउने समस्या हुदैन । अमलाको रसले मुख कुल्ला गर्ने र चुर्णले दात सफा गर्ने गरेमा दातको सुन्दरताको साथै स्वास गन्हाउने समस्या कम हुदै जान्छ ।

पेट सफा गर्छ
दैनिक एउटा अमला खानेहरुमा पेटको समस्या हुदैन । ग्याष्ट्रिक, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या नियन्त्रण गर्न अमला प्रभावशाली औषधी हो । अमलाको रस अथवा सुकेको धुलोलाई दुधमा मिलाएर पिउनाले कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

मधुमेह एवं चिनी रोग नियन्त्रण गर्छ
अमला डाइबिटिज् (मधुमेह) र सुगर (चिनी) रोग भएकालाई समेत प्रभावकारी औषधी हो । अमलाको रस तथा धुलोलाई दुधमा मिलाएर खाएमा मधुमेह एवं चिनीरोग नियन्त्रण गर्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउने हुँदा चिकित्सकले समेत नियमित अमला खान सल्लाह दिइरहेका हुन्छन् ।

युरिक एसिड एवं किड्नीका बिरामीलाई लाभदायक छ
पत्थरी, यूरिक एसिड एवं मृयौला सम्बन्धी समस्याबाट बच्न अमला लाभदायक फल हो । अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्ने तथा मृगौला सम्बन्धी समस्या देखा पदैनन् । अमलाले शरीरमा भएका अनावश्यक नुनिलो एवं अम्लिय विकार पदार्थ निकाल्ने हुँदा युरिक एसिडको समस्या कम हुदै जान्छ । पत्थरीको समस्या भएकाहरुले अमलाको धुलोलाई मुलाको जुससँग मिलाएर ४ हप्तासम्म नियमित पिउने गरेमा पत्थरीको समस्या कम हुदै जान्छ ।

रगत शुद्ध बनाउछ
दैनिक अमलाको रस पानी अथवा दुधमा मिसाएर सेवन गर्ने हो भने यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै यसले शरीरलाई समेत स्वस्थ्य राख्छ । अनिन्द्रा जस्ता समस्या भएकाहरुलाई समेत अमला खादा निन्द्रा पर्छ ।

प्रतिक्रिया दिनुहोस्