यस्ता ५ गल्तीहरू, जसले महिनावारीको अवधिमा समस्यालाई बढाउँछन्



काठमाडौँ, २९ पुस : हरेक महिना युवती र महिलाहरूमा महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । तर यदि यस अवधिमा केही विशेष सावधानी अपनाउन नसकेमा यसको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

चिकित्सकका अनुसार, यहाँ युवतीहरू र महिलाहरूले गर्ने यस्ता ५ गल्तीहरूको बारेमा चर्चा गरिएको छ, जसले महिनावारीको अवधिमा स्वास्थ्य समस्यालाई बढाउन सक्छ ।

-दिनभरमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुहोस् । यसले शरीर हाइड्रेट रहन्छ ।

-८ घण्टाको प्रयाप्त निन्द्रा लिनुहोस् ।

-महिनावारीको दुखाई कम गर्न हट बोटलले पेटको सेकाई गर्नुहोस् ।

-हल्का-फुल्का एक्सरसाइज वा योग गर्नुहोस् । यसले पेटको दुखाई कम गर्छ ।

महिनावारीको अवधिमा यी ५ गल्ती गर्नुहुँदैन,

१-उपवास राख्नु
महिनावारीको अवधिमा शरीरलाई भिटामिन र मिनरल्सको अत्यन्त आवश्यकता हुन्छ । यदि तपाई यस्तो अवस्थामा उपवास राख्नुहुन्छ भने गम्भीर स्वास्थ्य समस्या हुनसक्छ ।

२-प्रयाप्त निन्द्राको कमी
महिनावारीको अवधिमा कम्तीमा ८ घण्टाको निन्द्रा नलिँदा शरीरले आराम प्रयाप्त पाउँदैन । यस्तो अवस्थामा टाउको दुख्ने र शरीर दुख्ने जस्ता समस्या हुनथाल्छ ।

३-फास्ट फूड खानु
महिनावारीको अवधिमा स्यान्डविच, बर्गर, पिज्जा या चिप्स जस्ता फास्ट फूड खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स प्राप्त हुँदैन । यस्तो अवस्थामा शरीरमा कमजोर हुनथाल्छ ।

४-फिजिकल रिलेशन
महिनावारीको समय फिजिकल रिलेशन राख्दा इन्फेक्शनको खतरा बढ्छ । यस्तो अवस्थामा दुखाई पनि बढ्न सक्छ ।

५-हेभी वर्क
महिनावारीको अवधिमा शरीरमा कमजोरी महसूस हुन्छ । यस्तो अवस्थामा हेभी वर्क गर्दा पेट र कम्मर दुख्ने समस्या बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्