चम्चाको माध्यमद्वारा एक मिनेटमै थाहा पाउनुहोस्, आफ्नो स्वास्थ्य अवस्था



काठमाडौँ, २९ पुस : आफ्नो स्वास्थ्य स्थितबारे सबैलाई चासो हुन्छ । आफुलाई कुनै रोग पो लागेको छ कि ? वा रोग लाग्ने संभावना छ कि ? यस्ता प्रश्न बारम्बार उठिरहेका हुन्छन् र मनमा अज्ञात भयले डेरा जमाइरहेको हुन्छ । अब यस्तो शंका-उपसंका छाड्नुहोस् ।

किनभने, अब तपाईले आफ्नो स्वास्थ्य-जाँच आफै गर्न सक्नुहुनेछ । त्यो पनि एक मिनेटमै । कसरी ? त्यस भए आउनुहोस्, यी काइदा अपनाएर पलभरमै आफ्नो स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउन सकिनेछ ।

विधि:
१. चम्चालाई आफ्नो जिव्रोको वरिपरि घुमाउनुहोस् ।
२. अब त्यो चम्चालाई एउटा सफा प्लाष्टिकको व्यागभित्र हाल्नुहोस् ।
३. त्यसलाई केही समयको लागि बत्तीको प्रकाशमा राख्नुहोस् ।
४. र एक मिनेट पश्चात्त अब त्यो चम्चाको जाँच गर्नुहोस् ।

तपाईको स्वास्थ्यमा कुनै समस्या छैन

यदी तपाईको चम्चाको पछाडी पट्टीको भागमा कुनै दाग, धब्बा वा गन्ध छैन भने बुझ्नुहोस्, तपाईको स्वास्थ्यमा कुनै समस्या छैन ।

यदी चम्चाबाट गन्धको महसुस हुन्छ भने-

१. यदि तपाईले चम्चामा सडेको वा तिखो कुनै गन्धको महसुस गर्नु हुन्छ भने बुझ्नुहोस्, तपाईको पेट वा फोक्सोमा समस्या छ ।
२. यदि तपाईको चम्चामा गुलियो गन्ध छ भने तपाईलाई मधुमेह भएको हुनसक्छ ।
३. यदि चम्चाबाट अमिलो खालको गन्ध छ भने तपाईलाई मृगौलाको समस्या भएको हुनसक्छ ।

यदी चम्चामा दाग, धम्बा छ भने-

१. यदि चम्चामा कुनै प्रकारको सेता वा पहेलो दाग देखिन्छ भने तपाईको थाइराइडले राम्ररी काम नगरेको हुनसक्छ ।
२. यदि उक्त दाग वा रङ्ग प्याजी छ भने तपाईलाई ब्रोनकाइटिस, रक्त सञ्चारमा समस्या, उच्च कोलेस्ट्रोरको समस्या हुनसक्छ ।
३. यदि उक्त रङ्ग सेतो छ भने तपाईलाई श्वासप्रस्वास सम्बन्धि संक्रमण छ ।
४. यदि उक्त दाग सुन्तला रङ्गको छ भने तपाईलाई मृगौलाको समस्या छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्