जानिराखौं अल्सर के हो ? र यसका लक्षणहरु :



काठमाडौँ, २९ पुस : व्यस्त जीवन शैली र विलाशिताका कारण पछिल्लो समय अल्सर रोगका बिरामीहरु बढिरहेका छन् । समयमा खाना नखाँदा वा भोको टेपमा बढी चिल्लो पिरो खानाले ग्यास्ट्रिक हुनका साथै आमासयको खाना नलीको सानो आन्द्राको मुखमा घाउ हुन्छ । यही घाउ वा प्वाललाईनै अल्सर भनिन्छ ।

-तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

-सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

-पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

-छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

-लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

-खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ

-खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

-प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्