रिसका किसिमहरु



काठमाडौँ, २९ पुस । हामी सबैले पढे बुझे अनुसार मानिस एक सर्वश्रेष्ठ प्राणी हो । उसको आफ्नै गुण, व्यवहार, क्षमताहरु हुने गर्दछ र यो एक अर्कासंग मेल खादैन । जसमध्ये आज हामी रिसको बारेमा चर्चा गर्दैछौं । जानीराखौं रिस कति किसिमका हुन्छन् ।

(१) प्यासिभ रिस
रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।

(२) आफैमा पोख्ने रिस
रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।

(३) सकारात्मक रिस
रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।

(४) कडा रिस
यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।

(५) आबेस
अचानक, एक्कासी रिस उठ्छ, तथानाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।

प्रतिक्रिया दिनुहोस्