एक कप चियामा ७ वटा पुस्तक



काठमाडौं, २८ पुस – एटम शर्मा

   सुन्दै मात्र पनि जो कोहिले पत्याउन नसक्ने कुरा हो ३ रुपैयामा पुस्तक पाईन्छ । त्यो पनि महंगीले आक्रान्त भएको काठमाडौंमा । नुन बाहेक सबैको भाउ आकासीरहेको समयमा एउटा पुस्तक कसरी पाहिन्छ ३ रुपैयामा ? तपाइको प्रश्न यहि हुनेछ , तर तपाई काठमाडौंमा हुनुहुन्छ भने तपाईले पत्याउन नचाहदा नचाहदै पनि पत्याउनु पर्ने भएको छ । किनकि प्रज्ञाले  नेपाली साहित्यमा रुचि राख्ने साहित्यानुरागीहरुलाई लक्षित गरी प्रतिष्ठानकै हलमा पौष २५ गते देखि पुस्तक प्रदर्शनी आयोजना गरिरहेको छ  । जहाँ ३ रुपैया देखि १४०० रुपैया सम्मका पुस्तकहरु राखिएका छन् ।

   आज पुस्तक प्रदर्सनिको रिपोटिंग गर्न प्रज्ञा प्रतिष्ठानमा पुगेको परिबर्तन खबरले ११ वटा पुस्तकहरु खरिद गर्दा बिलमा जम्मा १३१ रुपैया तिर्नुपर्ने थियो । सुरुमा त अचम्म लाग्यो तर प्रदर्शनीका सह–संयोजक महेश्वर थापामगरसँग जानकारी लिंदा प्रदर्शनीमा राखिएका पुस्तकहरुको खरिद गर्दा १५ देखि ६० प्रतिशत सम्म छुट दिईएको जानकारी दिए ।

चिया खाइन्छ २० रुपैया तिरिन्छ, चटपटे खाइन्छ  २० रुपैया तिरिन्छ अनि पार्कमा बसेर बदाम खाइन्छ  २० रुपैया तिरिन्छ । त्यहि २० रुपैया बचाएर किन पुस्तक नकिन्ने ! तपाइँसँग गोजीमा ३ रुपैया भन्दा माथि छ भने कतै नसोची सरासर प्रदर्शनीमा गएर आफुलाई मनपर्ने पुस्तकहरु लिएर आउनुस् । एक कप चियाको मूल्यमा लगभग ७ वटा पुस्तक आउछ । जुन ३ रुपैयाले तपाइको ३०० प्रतिशत बौद्धिकता थप्न मद्दत गर्नेछ ।

प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली भाषा, साहित्य, दर्शन, र समाजशास्त्र लगायतका पुस्तकहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी यहि माघ १० गते सम्म रहनेछ समेत थापामगरले जनाउनु भयो ।

ल हेर्नुहोस हामीले खरिद गरेका ११ वटा पुस्तकको बिल :

प्रतिक्रिया दिनुहोस्