१२ कक्षाको पुनर्याेगको नतिजा सार्वजनिक



काठमाडौं, २८ पुस

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्याेगकोे नतिजा सार्वजनिक भएको छ । पुनर्याेगका लागि आवेदन दिएका मध्ये ३ दशमलव २ प्रतिशतको नतिजामा सुधार आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहिवार बसेको बोर्ड बैठकले कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार नतिजा भोलि बोर्डको वेवसाइटमा राखिने छ ।

बोर्डले गत असार २० गते विज्ञान तथा  साउन १५ गते अन्य विषयको कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । त्यस्तै, कात्तिक १५ गते कक्षा १२ को  मौका परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्