बिद्यार्थी नेताहरुले बुझाए अरनिको यातायातलाई ज्ञापनपत्र, हेलम्बु र आमाहेलम्बुसंग पनि वार्ता गर्ने



काठमाडौं, २८ पुस

हेलम्बुका बसहरुले विधार्थी परिचयपत्रको छुट नदिएको बारे त्यहाँका स्थानीय एवं अनेरास्ववियुका विधार्थी नेता अनिश खतिवडाले बिजनेसपाटी अनलाइन र नागरिक दैनिकमा समाचार लेखेका थिए । जुन कुराको जानकारी परिवर्तन खबरलाई पनि गराएका थिए । त्यसैको फलस्वरुप यतिखेर अखिल क्रान्तिकारीका विधार्थी नेताहरुले समेत अरनिको यातायात सेवा समितिलाई नेपाल सरकारले लागु गरेको नियम बमोजिमको विधार्थी सहुलियत प्रदान गर्न आग्रह गर्दै हिजो एक ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा विगतमा अखिल क्रान्तिकारी र नेपाल सरकारबीच भएको ४५ प्रतिशत विधार्थी परिचयपत्र छुट, अपाङग र जेष्ठ नागरिक परिचयपत्र सहुलियत सम्बन्धी व्यवस्था लागु गर्न समितिले आनाकानी गरेको प्रति गम्भिर ध्यानाकर्षक गरिएको छ ।
यातायात ब्यवसायीले विधार्थीको हक हीतमाथी हस्तक्षेप गरेको भन्दै यथाशिघ्र सहुलियत कार्यान्वयनमा नल्याए ससक्त आन्दोलन गर्ने विधार्थी नेताहरुले ज्ञापनपत्र मार्फत बताएका छन् । अखिल क्रान्तिकारीका नेता रमेश आचार्यले समितिले छुट नदिए फेरी आन्दोलनमा उत्रिने परिवर्तन खबरलाई जानकारी गराए ।
बिबिध समस्याहरुको समाधानको निम्ति अब छिट्टै आमाहेलाम्बु र् हेलम्बु यातायातसँग पनि बार्ता हुने विद्यार्थी नेता अनिशले बताए ।

तल हेर्नुस, बुझाइएको ज्ञापनपत्र जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस्