घाँटी क्यान्सर हुनसक्ने यी ७ लक्षण, जानी राखौँ



काठमाडौँ, २८ पुस : कुनै पनि किसिमको क्यान्सर निकै गम्भीर मानिन्छ । यसैगरि घाँटीको क्यान्सर पनि शरीरको लागि निकै नोक्सानदायक हुन्छ । घाँटीको क्यान्सर हुँदा एबनर्मल सेल्सको संख्या बढ्न थाल्छ । यस्तो अवस्थामा यी सेल्स कुनै गाँठोको रुप लिन्छ । यसले घाँटीको क्यान्सरको आशंका बढाउँछ । कयौँ रिसर्चमा यो सावित भएको छ कि, महिलाको तुलनामा पुरुषलाई क्यान्सर बढी हुन्छ । यदि घाँटीको क्यान्सरको संकेत सहि समयमा पहिचान गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ । चिकित्सकका अनुसार, यहाँ घाँटीको क्यान्सरको संकेत र यसको कारणको बारेमा चर्चा गरिएको छ ।

कारण
अत्यधिक धुम्रपान एवम् सुर्तीजन्य पदार्थको सेवन गर्नु, बढी जाँडरक्सीको सेवन या भिटामिन A को कमीले घाँटीको क्यान्सरको आशंका बढ्छ । एक्सपर्ट्सका अनुसार, यदि तपाई कुनै पनि किसिमको नशाबाट टाढा रहनुहुन्छ भने घाँटीको क्यान्सरबाट बँच्न सकिन्छ ।

घाँटीको क्यान्सरको ७ संकेत
१-आवाज परिवर्तन हुनु वा आवाजमा भारीपन आउनु
२-खाना निल्न समस्या हुनु
३-तीव्र रूपमा वजन घट्नु
४-लामो समस्या घाँटी चिलाउनु
५-कफको साथै रगत आउनु
६-गर्दनमा सूजन र दुखाई बनिरहनु
७- लामो समय सम्म कानमा दुखाई रहनु

प्रतिक्रिया दिनुहोस्