बिहानको खाजाको लागि रोज्नुहोस् निम्न बस्तुहरु



काठमाडौँ, २८ पुस : बिहान राम्रो ब्रेकफास्ट गरेर दिउँसोतिर खाना खाई राति हलुका खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ब्रेकफास्टमा कार्बोहाइड्रेट र फाइबर प्रशस्त मात्रामा र प्रोटिन केही मात्रामा पाइने खाना रोज्नुपर्छ । यस्ता खानालाई ब्रेकफास्टमा समावेश गरियो भने शरीर र दिमाग स्वस्थ रहन्छन्ः

जौ
जौका परिकारमा कार्बोहाइड्रेट, फ्याटी एसिड, फोलेट, पोटासियमलगायत पोषक तत्व पाइन्छन् । बिहान जौको परिकार खानु स्वास्थ्यका लागि ज्यादै लाभदायक हुन्छ ।

केरा
बिहानीपख खान बडो उपयोयी फल हो, केरा । यसमा पाइने विशेष खालको कार्बोहाइड्रेटले दिनभरि ऊर्जा प्रदान गर्छ । यसमा पोटासियमको मात्रा पनि उच्च हुन्छ, जुन न्यून रक्तचाप भएकाहरूका लागि लाभदायक हुन्छ । साथै, बिहान केरा खानु उच्चरक्तचाप भएकालाई पनि उपयोगी हुन्छ ।

अण्डा
अण्डामा प्रोटिन र भिटामिन डी प्रशस्त मात्रामा पाइन्छ । अण्डाको पहेँलो भागमा कोलेस्टरोलको मात्रा उच्च हुने भए पनि यो खानाले रगतमा कोलेस्टरोलको मात्रा खासै बढ्दैन । तसर्थ, हरेक बिहान अण्डा खानु बडो लाभदायक हुन्छ ।

खरबुजा
रातभरि पानी नपिएर सुक्खा भएको शरीरमा बिहान खरबुजा खाएर पानी आपूर्ति गर्नु ज्यादै लाभदायक हुन्छ । यसमा लाइकोफेन नामक पोषक पदार्थ पनि पाइन्छ, जसले मुटुरोग लाग्न दिँदैन र क्यान्सरको जोखिम पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्