तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय



-डा. मनोज भट्टराई, ब्राउन युनिभर्सिटी अमेरिका : तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त ? तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त ?

निश्चय नै छैनौं । हामी मध्ये धेरै जोशका साथ तौल घटाउने यात्रा तय गर्छौं । तर विस्तारै हतोत्साहित हुन्छौं । केही दिनमै हामी उही एउटै ठाउँमा दिनभर बसिरहने वा भिडियो गेम खेल्ने र टेलिभजन हेरेर बस्ने उही दैनिकीमा फर्किन्छौ । यही बानीले हामीमा मोटोपन निम्त्याएको छ । मोटोपनले मुटुसँग सम्बन्धित रोगमात्र होइन, निन्द्राको स्तर, मुडलगायत स्वास्थ्यसम्बन्धी अन्य समस्या निम्त्याउँछ । अस्वस्थ जीवन शैलीका कारण हामीमा असन्तोष र दुःख पनि बढ्छ ।

एक पटक मनन गरौं त,तौल घटाउन हाम्रा कुनै पनि पुर्खाले व्यायाम र डाइटको तालिका बनाएनन् । किनकि उनीहरु दैनिक ६ देखि १० माइल हिड्ने वा कामको सिलसिलामा हतार–हतार हिड्ने गर्थे । आधुनिक समयमा मानिस औसतमा दैनिक २ माईल भन्दा हिँड्दैनन् ।

अझ उदेक लाग्दो पक्ष त के छ भने स्वास्थ्यका कथित रोलमोडल स्वस्थ भएर जीउन संघर्ष गरिरहेका छन् । धेरै नर्स, चिकित्सक र अन्य स्वास्थ्यकर्मी वास्तवमै मोटा छन् । उनीहरुले दिएका सुझाव सर्बसाधारणले कसरी मान्छन् ?

तौल घटाउने विषयमा भ्रम
तौल घटाउन क्रममा आफ्नो दैनिक भोजन घटाएको भन्ने धेरै मानिसको भनाईले मलाई दिक्क पार्ने गरेको छ । भोकै बस्दा तनाब बढाउने हर्मन जस्तै कोर्टिसोल र इन्सुलिन बढाउने हर्मन निस्कासन हुन्छ । यी हर्मन निस्कासन हुनु भनेको झन् असन्तुलित तौल बढ्नु हो ।
हामी मध्ये धेरै मानिस भुँडी बाहेकको शरीरमाथि गर्व गर्छौ । भुँडी घटाउने केही अभ्यास पनि गर्छौं । यो त एउटा एकादेशको कथा मात्र हो । शरीर घटाउन समग्र व्यायाम गर्नु पर्छ । एउटा भुँडी घटाउने

व्यायामले मात्र तौल घट्दैन
बर्षौंदेखि मानिसहरु एउटा भ्रममा बाँचेका छन् । त्यो के भने मोटो खराब हो । यो वास्तवमा सत्य होइन । सबै मोटो खराब होइन । हट डग्स, दुध, आइसक्रिम, चकलेटका सन्तृप्त फ्याट अस्वस्थ हुन् । तर, एभोकेड, जैतुनको तेल, बदाम, मकैको तेल, सूर्यमुखीको तेल, माछामा पाइने ओमेगा ३ स्वस्थकर फ्याट हुन् ।

भर्खर जिमहलमा जाने नयाँ मानिसको तुजुक नै बेग्लै हुन्छ । जसका कारण उसको मासंपेसीमा पीडा हुने र निको हुन नै केही दिन लाग्छ । अर्को शब्दमा भन्नुपर्दा यो सहयोगी भन्दा पनि स्वास्थ्यका लागि हानिकारक छ । सातामा दुई–तीन पटक यस्तो अभ्यास गरेर वा दैनिक दुईदेखि तीन माईल कुद्दा मेरो सम्पूर्ण लक्ष्य प्राप्त भयो जस्तो लाग्छ ।
उचित डाइट र व्यायामका बाबजुद पनि तौल नघट्नुमा धेरै कारण छन् । अपर्याप्त निन्द्रा, तनाब, डिप्रेसन, अत्यधिक एन्टिबायोटिकको प्रयोगले तौलको अप्रत्यक्ष वृद्धि गरेको हुन्छ । त्यसैले हाम्रो जीउने अवस्थाले पनि स्वास्थ्यमा ठूलो प्रभावपारेको पाइन्छ । जस्तै एउटै परिवारमा बस्ने मानिस मध्ये कुनै एउटाले अत्यधिक धेरै खाने वा अन्य अस्वस्थ जीवनशैली अपनाउदा पनि अरुलाई पनि यसको असर हुन्छ ।

तौल घटाउने उपाय
वैज्ञानिकहरुका अनुसार तौल घटाउन व्यायाम, पोषण र स्वाभाव परिवर्तन गर्न आवश्यक छ ।
पाँच प्रतिशत तौल घटाउनाले मुटु रोगको खतरा र टाइप टु डायबिटिज नहुने वैज्ञानिकहरु बताउँछन् । तसर्थ तौल घटाउने सजिलो तरिका भनेको हामीले लिने क्यालोरीको मात्रा भन्दा पनि शरीरको क्यालोरी उपयोग गर्नु हो । व्यायाम गरेर वाक्यालोरीको मात्रा रोकेर यो सफलता प्राप्त गर्न सकिन्छ । एक पछिल्लो अध्ययन अनुसार क्यालोरीको मात्रा घटाउन भन्दा पनि व्यायाम प्रभावकारी हुन्छ । डाइटिङसम्बन्धी नियम पालना गरेर जो कोहीले पनि तौल घटाउन सक्छ । तर यसले अर्को स्वास्थ्यसम्बन्धी समस्या ल्याउन सक्छ ।

व्यायामका बाजजुद दैनिक तीन घन्टाभन्दा बढी बस्दा समय नपुगी मृत्यु हुने गरेको तथ्य ५४ देशहरुबाट संग्रह गरिएको अध्ययनले देखाएको छ । दौड, वाइकिङ, भ¥याङ चढ्ने जस्ता व्यायामले तौल घटाउन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

इन्टरनेट र एप्स भर्सनमा पाईने ७ मिनेट वर्कआउट थोरै समय हुनेका लागि एउटा उपयोगी व्यायाम हुन सक्छ । यस नयाँ आविस्कारले समय थोरै भएको बहानामा व्यायाम नगर्नेलाई सहयोग गर्ने वैज्ञानिकहरुको भनाई छ ।

मोटोपन
खराब प्रकारका खानेकुराहरु जस्तै चिनी, प्रशोधित गेडागुडी, कार्बोहाइड्रेटको उपभोगपछि झन् आशक्ति बढ्ने र भोक बढ्ने हुन्छ । हामीले खाइरहेको खानाको बारेमा थाहा पाइराख्नु महत्वपूर्ण हुन्छ । परिष्कृत र प्याक गरिएका खानेकुरा जस्तै मोनोसोडियम ग्लुटामेटले छातीको पीडा बढ्ने, टाउको दुख्ने, वाकवाकीलाग्ने र श्वास फेर्न गाह्रो हुने गर्छ । दैनिक चार पाँच पटक थोरै–थोरै गरेर खाना खानुपर्छ । फलफूल, गेडागुडी, बदाम, जैतुनको तेल, माछा, न्यून फ्याट भएका खानेकुराले तौल घटाउन सहयोग पुर्याउँछ ।

स्वभाव परिवर्तन
सामान्य स्वभाव परिवर्तनले पनि स्वास्थ्यमा महत्वपूर्ण असर गर्छ । खाना खानु अगाडि एक दुई गिलास पानी पिउने, शरीरलाई हाइड्रेड बनाउने र थोरै तर पटक–पटक खाना र प्रशस्त फलफुलतथा तरकारीले पनि तौल घटाउन सहयोग गर्छ ।

खानेकुरामा स्वस्थ तरिका अपनाउनुका अतिरिक्त शारीरिक गतिविधिलाई पनि बढाउनुपर्छ । जस्तै गाडीलाई पार्किङ लटभन्दा टाढा राख्ने, अफिसको डेक्सबाट टाढा पानीको बोतल राख्ने, बारम्बार उभिने इत्यादि । यसले तपाईंको उर्जा खपत गर्न सहयोग गर्छ ।

घर भित्र गर्ने शारीरिक गतिविधि, भर्याङ चढ्ने झर्ने, हिड्ने, जस्ता कार्यले पनि व्यायाम हुने विज्ञहरु बताउँछन् । व्यायामले १२ घन्टासम्म मुड ताजा बनाउँछ । बिहानी व्यायाम स्वास्थ्यका लागि धेरै फाइदा जनक हुन्छ ।

डा. भट्टराई अमेरिकास्थित ब्राउन युनिर्भसिटीका नेफ्रोलोजिस्ट र जेरियाट्रिक अनुसन्धानकर्ता
हुन् ।

प्रतिक्रिया दिनुहोस्