पुनर्बहाली पछी थोरै खुसी, धेरै दुखी शशि शर्मा



काठमाडौं, २७ पुस

भर्खरै मात्र सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्रा।डा. शशि शर्मालाई आफ्नो पुनर्बहाली त्याति सुखद भएन किनकि उनी डीनको सानदार कुर्सीमा बस्न नपाउँदै बिदा हुने भएका छन् ।

शर्माको पदावधि सकिन अब चार दिन मात्र बाँकी रहदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएका छैनन् ।कारण हो डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्ववियुको तालाबन्दी ।

अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो । डा. शर्माले यतिखेर आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।

साभार- अन्नपूर्ण पोस्ट ।

प्रतिक्रिया दिनुहोस्