दाँत एक महत्वपूर्ण अंग यसको स्याहार कसरी गर्ने ?



काठमाडौँ, २७ पुस : आजभोलि सानो उमेरदेखि वयस्क उमेरका जोसुकैमा पनि दाँतसम्बन्धी समस्या देखिन थालेको छ । दाँतले हाम्रो शरीरको सौन्दर्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । दाँत स्वस्थ नहुनु भनेको हाम्रो शरीर पनि अस्वस्थ हुनु हो । सानो उमेरदेखि दाँतमा समस्या देखिनु भनेको हाम्रो आफ्नै लापरबाहीको कारण हुन सक्छ । सामान्यतया दाँतमा देखिने सानो समस्यामा पनि ध्यान दिएनौँ भने ठूलो समस्या देखापर्न सक्छ । किराले दाँत खायो भने अथवा दाँत भएन भने चाहेजस्तो खानेकुरा खान पाइँदैन । दाँत वृद्धदेखि बालक सबैका लागि आवश्यक हो । दाँत हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । दाँत भएन भने सबैभन्दा ठूलो असर खानामा पर्छ । स्वस्थ दाँत भयो भने शरीर पनि स्वस्थ हुन्छ ।

दाँत चपाउन, खान, सुन्दर देखिन पनि आवश्यक छ । दाँत भएन भने हाम्रो शारीरिक सौन्दर्य आकर्षक देखिँदैन । दाँत कमजोर हुने, दाँत किराले खाने, दुर्घटनामा परेर दाँत झर्ने, उमेर पुगेपछि दाँत झर्ने जस्ता समस्या हुने गर्छन् । दाँत बिग्रिने प्रमुख कारण दाँतको स्याहार नगर्नु नै हो । दैनिक दाँतको राम्रो स्याहार गर्न सकिएमा दाँत बिग्रँदैन । तातो–चिसो खाँदा पनि दाँत स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्नुपर्छ ।

बिहान–बेलुका खाना खाएपछि ब्रस गर्नुपर्छ । राम्रो पेस्टको प्रयोगले दाँत सफा हुन्छ । जंकफुड खानेहरूमा पनि दाँतको समस्या हुन सक्छ । चकलेट धेरै खाने बालबालिकाहरूको पनि दाँत कमजोर हुन्छ । यस्तै बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।

खानेकुरा बिस्तारै खानुपर्छ । खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । अत्यन्तै तातो र चिसो खानेकुराले गर्दा पनि दाँत बिगार्छ । साह्रो खानेकुराहरू मासु, हड्डी सकेसम्म खानु हुँदैन । खाए पनि बिस्तारै खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्