दिनहुँ स्याउ खाँदा हुने फाईदाहरु



काठमाडौँ, २५ पुस २०७४ : भनाई नै छ, दिनहुँ एउटा स्याउ खानुपर्छ, डाक्टर आवश्यक पर्दैन । अर्थात रोग लाग्दैन । स्याउ, सदवहार फल हो । यो सजिलै उपलब्ध हुन्छ । स्याउको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ । तर, स्याउको महत्व यतिमा मात्र सीमित छैन । स्वास्थ्यका लागि यो बहुउपयोगी छ ।

१. मोटोपना नियन्त्रण
मोटा व्यक्तिहरुलाई मुुटुरोग, डाइबिटिज, ब्लड प्रेसर आदि समस्याहरुले दुख दिन्छन् । स्याउमा पाइने फाइबर मोटोपना कम गर्न सहायक हुन्छ । मोटोपना कम भएपछि मानिसहरु विभिन्न खतरनाक रोगहरुको चपेटामा पर्ने सम्भावना कम हुन्छ । साथै, यसमा पाइने पौष्टिक तत्वले शरीरलाई बलियोर र निरोगी पनि बनाउँछ ।

२. कब्जियतमा राहत
कब्जियत र ग्यासले शरीरमा कैयन् रोगहरुको खतरालाई बढाउँछ । कब्जियत वा ग्यासको समस्याबाट पिडित भएमा स्याउको सेवनले फाइदा मिल्नेछ । स्याउमा पाइने फाइबरले कब्जियतलाई बिस्तारै बिस्तारै घटाउँछ ।

३. दाँतलाई पनि फाइदा
स्याउमा हुने फाइबरले दाँतलाई पनि स्वस्थ राख्छ । स्याउको सेवनले ब्याक्टेरिया तथा भाइरसलाई टाढा भगाउँछ । साथै स्याउले मुखभित्र थूकको मात्रा पनि बढाउँछ । स्याउको सेवनबाट दाँत पायरियारहित रहन्छ ।

४. हड्डी बलियो
स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । त्यसैले प्रतिदिन स्याउको सेवन गर्ने वा यसको जुस पिउँदा हड्डीहरु मजबुत हुन्छन् । जो व्यक्तिहरुको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ ।

५. दमका बिरामीलाई गुणकारी
स्याउ वन स्याउको जूसको सेवनले दम रोगीहरुलाई निकै फाइदा मिल्छ । विभिन्न अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ कि दमको आक्रमण रोक्न स्याउ प्रभावकारी हुन्छ । यसमा पाइने फ्लेवोनोइड्सले फोक्सोको शक्ति बढाउँछ ।

६. पाचनतन्त्र बलियो
स्याउले शरीरमा मौजूद पीएचको स्तरलाई नियन्त्रित गर्छ । यसले व्यक्तिको पाचनतन्त्र मजबुत हुन्छ । पाचनतन्त्र मजबुत हुँदा रोगहरुसँग लड्ने क्षमता बढ्छ र व्यक्ति स्वस्थ रहन्छ ।

७. कोलस्ट्रोल कम गर्छ
बदलिदो जीवनशैलीमा कोलस्ट्रोल बढ्ने समस्या आम बन्दै गइरहेको छ । यसकारण कम उमेरका व्यक्तिहरु पनि मुटुरोगको शिकार बनिरहेका छन् । स्याउ खाँदा वा स्याउको जूस पिउँदा कोलस्ट्रोलको परिमाणमा नियन्त्रण राख्न सकिन्छ । चिकित्सिकहरुले मुटुरोगीका लागि उसिनेको स्याउ बढि उपयोगी हुने बताइन्छ ।

८. सुन्दरता बढाउँछ
स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ ।

९. मधुमेहलाई नियन्त्रित गर्छ
स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ । यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लुकोज हुँदा तपाईंले इन्सुलिन लिनुपर्ने आवश्यकता पर्दैन ।

१०. अल्जाइमरबाट बचाउँछ
अल्जाइमर मस्तिष्कसँग जोडिएकोउ खतरनाक बिमारी हो । एउटा अनुसन्धानमा पाइएको छ कि प्रतिदिन स्याउको जुस पिउनाले अल्जाइमरको समस्याबाट जीवनभर बच्न सकिन्छ । स्याउको सेवनले मस्तिष्कका कोषहरुको रक्षा हुन्छ, जसले गर्दा अल्जाइमरको खतरा शून्यमा र्झछ ।

११. पत्थरीबाट बचाउँछ
किड्नीमा हुने पत्थरीबाट बच्नका लागि स्याउको सेवन लाभदायक हुन्छ । यदि पत्थरी भइसक्यो भने पनि प्रत्येक दिन स्याउ खानाले पत्थरीका कारण हुने दुखाईमा पनि आराम मिल्छ । त्यसैले चिकित्सकहरुले पनि पत्थरीका रोगीहरुलाई स्याउ खान सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्