रोटरी क्लब अफ पशुपतिद्वारा कम्बल वितरण



 

विश्व भरिनै मानव सेवामा समर्पित रोटरी ईन्टरनेश्लनको सदस्य भई रोटरी ईन्टरनेश्लन ३२९२ मातहतमा  संचालित रोटरी क्लब अफ पशुपतिले एक कार्यक्रम आयोजना गरी हिजो शिक्षण अस्पतालको प्रसुती कक्षका सबै बेडहरुमा पुग्ने गरी कम्बल वितरण गरेको छ ।

रोटरी क्लब अफ पशुपतिका मनोनित अध्यक्ष रो. गोपाल दंगालको सहयोगमा प्राप्त कम्बलहरु उहाँका मातापिता, विभाग प्रमुख र डा. रोजिन बराल मार्फत वितरण गरिएको थियो ।

कार्यक्रममा रोटरी ईन्टरनेश्लन ३२९२ का ए. जी . रो. दिपेश न्यौपाने, क्लबका अध्यक्ष रो. राजेश न्यौपाने, सचिव रो. हर्क साउद लगाएत अन्य रोटरीयनहरुको समेत सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्