भाइरल ज्वरोबाट मुक्ति पाउने अचुक उपायहरु



काठमाडौँ, २१ पुस २०७४ : मौसम उतार-चढ़ावको कारण, प्रतिरक्षा प्रणाली कमजोर भै मानिसहरु भाइरल ज्वरोबाट संक्रमित हुने गर्दछन्।  भाइरल ज्वरो धेरै दिनसम्म शरीरमा रही रहन्छ। भाइरल ज्वरोबाट प्रभावित हुनुहुन्छ भने यो विधिहरू द्वारा कम गर्न सकिन्छ।

अदुवा हालेको  चिया
चिया एक साधारण पेय पदार्थ हो। उक्त चियामा अदुवा हालेर पिउनाले यो धेरै उपयोगी साबित हुन्छ। अदुवा हालेको चियामा शक्तिशाली एन्टिमेन्ट्री गुणहरू पाइन्छ जसले शरीरलाई ठिक राख्न मदत गर्छ। यी गुणहरूले ज्वरोलाई कम गर्न र शरीरलाई नियमित तापमानमा ल्याउन मद्दत गर्दछ। साथै चियाको पातमा पोलीफेनोल र ट्यानिनो हुन्छ जसले अदुवासँग खादा शरीरको स्वास्थ्यमा सुधार गर्दछ।

नरीवल पानी
नरीवल पानीमा इलेक्ट्रोलाइट्स पाइन्छ जुन शरीरलाई  हाइड्रेटेड राख्न प्रभावकारी साबित हुन्छ। त्यही नारीवलपानीमा प्राकृतिक एन्टि अक्सिडेन्ट हुन्छ जसले  शरीरकोबाट ज्वरो  निकाल्न मद्दत गर्दछ।

लसुन
नियमित रुपमा लसुनको प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। भाइरल ज्वरो आएको बेलामा पनि लसुनले भाइरल ज्वरोलाई हटाउन मदत गर्दछ। यदि लसुनलाइ काचई खान सक्नुहुन्न भने यसलाई सुप बनाएर पनि खान सकिन्छ।

दही चामाल
दही चामल खानाले भाइरल ज्वरोलाई केहि कम गर्न सकिन्छ । दहीले पाचन प्रक्रियालाई सन्तुलित राख्न मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्