यी रोगहरुबाट बच्नको लागि नियमित गोलभेँडा खाने बानि बसाल्नुस



काठमाडौँ, २१ पुस २०७४ : गोलभेँडा धेरैलाई मन नपर्न सक्छ तर गोलभेँडाले हाम्रो शरीरलाई निकै फाईदा पुर्याउने चिकित्सकहरुको भनाई छ । गोलभेँडामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरु पाइन्छ । गोलभेँडाले थुप्रै रोगहरुबाट टाढा राख्न मद्दत गर्दछ । त्यसैले यसलाई दैनिक जीवनमा प्रयोग गर्न चिकित्सकहरु सल्लाह दिन्छन् ।

गोलभेँडाका फाइदाहरु यसप्रकार रहेका छन् ।

१ मुटुरोगको खतरालाई घटाउछ : गोलभेँडामा हुने लाइकोपेन नामक तत्वले मुटुसम्बन्धी रोगबाट टाडा राख्न मद्दत गर्नुका साथै कोलेस्ट्रोललाई नियन्त्रण र  रगत नलीमा जम्ने बोसोलाई घटाउने काम पनि गर्दछ ।

२ पाचन प्रणालीमा सुधार : दैनिकी खानामा गोलभेँडा खादा यसले हाम्रो पाचन प्रणालीलाई मात्र नभईकन कब्जियत र झाडापखाला लागेका बिरामीलाई समेत राहत दिन्छ । त्यति मात्र नभई जन्डिसबाट पनि यसले टाढा राख्न सहयोग गर्छ ।

३ क्यान्सर: गोलभेँडामा भएको एन्टिअक्सिडेन्ट लाइकोपेन तत्वले क्यान्सरको सम्भावनालाई कम गराउनुका साथै यो फोक्सोको लागि पनि फाईदाजनक रहेको पाइन्छ ।

४ स्वस्थ रगत : अध्ययन अनुसार एउटा गोलभेँडाले हाम्रो दैनिकी भिटामिन ‘सी’ को आवश्यक्तालाई पुरा गर्छ। साथै रगतलाई सफा र रक्तचाप नियन्त्रण  गर्ने गर्दछ ।

५ आँखा : गोलभेँडामा भिटामिन ‘ए’ पनि पाईने हुनाले यसले हाम्रो आखालाई स्वस्थ राख्न मद्दत गर्नुको साथै रतन्धो र अन्य आँखासम्बन्धी रोगहरु बाट बचाउने पनि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्