जाडोेमा पनि स्वीमिङ्ग पुलहरु व्यस्त



काठमाडौँ, २० पुस, २०७४ : काठमाडौँका विभिन्न ठाउँहरुमा जाडो महिनामा पनि स्वीमिङ्ग पुलहरु व्यस्त रहेका छन् ।

काठमाडौँमा हाल स्वीमिङ्गको लागि शुल्क तिरेर खेल्नेको संख्या अत्याधिक रहेको छ । शरीरका सबै अंगहरुको पूर्ण अभ्यास गराउन स्वीमिङ्ग खेल राम्रो हुन्छ । यस खेलमा रुची राख्ने बालबालिकाहरुको शरीर स्वस्थ हुन्छ । उनीहरु अरु बालबालिकाको दाँजोमा फूर्तिला हुन्छन् । गर्मी मौसममा त आजभोलीका बालबालिकालाई स्वीमिङ्ग खेल फेसन नै आएको पाइन्छ । यस खेलले शरीरका कुनै भागको नकारात्मक प्रभाव विना मुटु स्वस्थ बनाउन, मुटुको आयु बढाउन विशेष फाइदा पुग्दछ । जसकारण प्रायः सबै स्वीमिङ्गहरु बिजी भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्