सहयोग को लागि अपिल



काठमाडौँ, पुस १७, २०७४ : कैलाली घर भई घोडाघोडी न.पा. वडा नं. १३ बस्ने हर्क बहादुर बोहराको छोरा २१ बर्षिय हिम बहादुर बोहोराको दुबै मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिनुहुन सबैमा अपिल गरेका छन् । बिगत ३ बर्षदेखि उपचार हुन नसकिरहेको बोहराले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारणले उपचार गर्न कठिनाई हुँदा उपचारका लागि आर्थिक सहयोग गर्न विद्यालय, कलेज, आफन्तजन, व्यक्ति, संघसंस्था लगायत सबैलाई अपिल गरेका छन् ।

वीर अस्पताल काठमाडौंको मेडिकल रिपोर्टअनुसार उनको दुबै मृगौलाले काम नगर्ने भएको छ र उपचारका लागि दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । निजलाई उस्कै आमाले मृगौला दिन खोजेता पनि आर्थिक अवस्था कमजोर हुनु र उपचार निकै महङ्गो पर्ने भएकोले उपचारका लागि सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ भने सूचना प्रवाह गरिदिनका लागि संचार माध्यमलाई समेत अनुरोध गरेका छन् ।

आर्थिक सहयोग तथा थप जानकारीको लागि राजाराम बस्नेत (९८१०२१२८२२) अध्यक्ष जिल्ला बाल क्लब सञ्जाल, काठमाडौंलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्