रुओन नेपालद्धारा सुरक्षित गर्भपतन कार्यक्रम सम्पन्न



२०७४ असोज १२

रुओन नेपालले जिल्ला युवा परिषद तथा जनप्रतिनिधि, युवा, शिक्षक लगायत ५० जना भन्दा बढी सहभागीहरु र सम्बन्धित निकायहरुसँग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा सिन्धुली जिल्ला परिषदका अध्यक्ष सन्जय दाहालको उपस्थितीमा सम्पन्न भएको थियो । महिला तथा युवा सुचनाको कमि, अस्पतालको अभाव, सुविधाको कमि, परिवारको असहयोग जस्ता कुराले असुरक्षित गर्भपतन भइरहेको र भविष्यमा सिन्धुलीमा यस सम्बन्धि कार्यक्रम ल्याई विभिन्न संघसंस्थासँग सहकार्य गरी अगी बढ्न युवा परिषद् जहिले तत्पर रहेको कुरा बताउनु भयो । सो कार्यक्रममा सिन्धुलीमा गर्भपतनको अबस्था, संचालित कार्यक्रम, सुधार्नु  पर्ने विषय आदिका बारेमा छलफल गरिएको थियो । उपस्थित सहभागीहरुले गर्भपतन सम्बन्धि समस्याको बारेमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्