प्रधान सेनापति सिग्देलद्वारा दुई बाहिनी अड्डाको निरीक्षण



काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मङ्सिर १४ र १५ गते भकुन्डेवेशीस्थित श्री नं. २६ बाहिनी अड्डा तथा सिन्धुलीस्थित श्री नं. ९ बाहिनी अड्डा सहित उनीहरूसँग सम्बन्धित युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

सेनापतिको उक्त निरीक्षण दौरान जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए । साथै, उनले सकलदर्जालाई सम्बोधन गर्दै दायित्वप्रति उच्च पेशागत प्रतिबद्धता, तयारी र समन्वयलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

नेपाली सेनाले प्रेस विज्ञप्ति नं. ३८ जारी गर्दै मङ्सिर १५ गते १६ः४५ बजे यो जानकारी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्